Looking for more resources for supporting parents during COVID-19? Visit the Start Talking Now Facebook page.

आमाबुवाहरू अनि हेरचाह प्रदान गर्नेहरू

You are here

Home » आमाबुवाहरू अनि हेरचाह प्रदान गर्नेहरू

नेपाली भाषामा सम्पूर्ण साइट हेर्नको लागि कृपया यहाँ क्लिक गर्नुहोस्

यस पृष्ठमा निम्न विषयहरूबारे जानकारी दिइएको छ:

तपाईंका किशोर-किशोरीले लागू पदार्थहरूको बारेमा लिने निर्णयहरूलाई सर्वाधिक सशक्त ढङ्गमा प्रभावित पार्नसक्ने व्यक्ति तपाईं हुनुहुन्छ।

साथी-सँगीहरूभन्दा अधिक। प्रसिद्ध व्यक्तिहरूभन्दा अधिक। यसकारण किशोर-किशोरीको लागि गाँजा, रक्सी, वा अन्य लागू पदार्थहरूको सेवन नगर्नेबारे तपाईंको कुरा सुन्नु महत्त्वपूर्ण छ, अनि यसरी उनीहरूले स्वस्थ निर्णयहरू लिन सक्नेछन् तथा कठिन समयहरूको मुकाबिला गर्ने स्वस्थ उपायहरू खोज्नमा समर्थ हुनेछन्।

यी विषयहरूबारे तपाईंका किशोर-किशोरीसित कुराकानी गर्नु चुनौतीपूर्ण हुन सक्छ, तर अनुसन्धानले यो देखाएको छ कि यो तपाईंलाई उनीहरूको परवाह छ भनी देखाउने, उनीहरूबाट राखिएका अपेक्षाहरूलाई स्पष्ट गर्ने, तथा उनीहरूलाई सुरक्षित एवम् स्वस्थ राख्नमा मद्दत पुर्‍याउने दिशामा तपाईंले गर्नसक्ने सर्वाधिक महत्त्वपूर्ण  कार्य हो। सर-संवादहरू अनौपचारिक हुन सक्छन्, तपाईंले  आफ्ना किशोर-किशोरीसित समय व्यतीत गर्दा उनीहरूसित संक्षिप्त कुराकानी गर्न सक्नुहुन्छ। यी सर-संवादहरू निम्ति तम्तयार बनाउनको लागि तपाईंलाई मद्दत पुऱ्याउन यहाँ ती प्रश्नहरूका जवाफहरूको एक सूची दिइएको छ, जो तपाईंको शिशुले रक्सी व गाँजाको बारेमा सोध्न सक्छन्। सबैजना एक हुँदैनन्, यसकारण आफ्ना जवाफहरूलाई उनीहरूको अनुकूल बनाउनुहोस् र यसको लागि तपाईंका आफ्ना विचारहरू अनि अनुभवलाई काममा ल्याउनुहोस्। रमाइलो वातावरणमा गरिएको स्प्ष्टवादी सर-संवादको असर औधी सशक्त हुन्छ।

तपाईंका किशोर-किशोरीहरूसित कुराकानी गर्नमा तपाईंलाई सहायता पुर्‍याउनको लागि यहाँ थप संसाधनहरूबारे उल्लेख गरिएको छ:

आमाबुवाहरू अनि हेरचाह प्रदान गर्नेहरूको लागि सुझाउहरू।

आफ्ना किशोर-किशोरीहरूसित समय बिताउनुहोस्, बारम्बार कुराकानी गर्नुहोस्, अनि एकसाथ मिलेर रमाइलो गर्नुहोस्!

जब तपाईंले आत्मीय सम्बन्ध स्थापित गर्नुहुन्छ, सीमा रेखाहरू निर्धारित गर्नुहन्छ अनि निगरानी गर्नुहुन्छ तब तपाईंले आफ्ना किशोर-किशोरीहरूलाई गाँजा, रक्सी, वा अन्य लागू पदार्थहरूबाट जोगिनमा मद्दत पुर्‍याउन सक्नुहुन्छ।

निकटको सम्बन्ध स्थापित गर्नुहोस्।

किशोर-किशोरीहरूका आमाबुवाहरू अनि/अथवा हेरचाह गर्नेहरू उनीहरूको जीवनमा संलग्न छन् तथा उनीहरूले आपस्तमा निकटताको अनुभव गर्छन् भने, उनीहरू पिउनु वा गाँजा अथवा अन्य लागू पदार्थहरूको सेवनमा लिप्त हुने सम्भावना धेरै कम्ती हुन्छ। पारिवारिक निकटता र सम्बन्धलाई बढुवा दिनको लागि:

  • हरेक दिन आफ्नो शिशुलाई कम्तीमा पनि 15 मिनट दिनुहोस्, अनि  यो समयमा तपाईं उसको सोझो सम्पर्कमा रहनुहोस्।
  • एकसाथ मिलेर रमाइलो गर्नुहोस्।
  • तपाईंको शिशुको स्वस्थ रोजाइहरूको लागि उसलाई सकारात्मक फीडब्याक (प्रतिक्रिया) दिनुहोस्।
  • एकसाथ खाना खानुहोस्।

सीमारेखाहरूलाई स्पष्टताका साथ स्थापित गर्नुहोस्

स्पष्ट नियमहरूलाई स्थापित गर्नुहोस्, निरन्तरता कायम राख्नुहोस्, अनि मार्गदर्शिकाहरूबारे बारम्बार कुराकानी गर्नुहोस्। सीमारेखाहरू निर्धारित गर्नको लागि:

  • तपाईंले के अपेक्षाहरू राख्नुभएको छ, त्यसबारे नियमित रूपमा कुराकानी गर्नुहोस्।
  • तपाईंका नियमहरू जहिले पनि तोडिन्छ तहिले निष्पक्ष साथै एकसमान अनुशासनको उपयोग गर्नुहोस्।
  • आफ्ना शिशुहरूलाई साथी-संगीहरूसित सकारात्मक सम्बन्ध स्थापित गर्नमा सहायता पुर्‍याउनुहोस्।
  • आफ्नो शिशुलाई लागू पदार्थहरूलाई ‘होइन’ भन्न लगाउनुहोस्, यसको लागि आवश्यक उपायहरू अपनाउनमा उसलाई सहायता गर्नुहोस्।

अन्तर्क्रियाहरूको निगरानी गर्नुहोस्

तपाईंका किशोर-किशोरीहरूले के गरिरहेका छन्, उनीहरू कहाँ गइरहेका छन्, अनि उनीहरूले कोसित समय व्यतीत गरिरहेका छन्, त्यसबारे सदैव जानकारी राख्नुहोस्। सुरक्षित साथै रमाइलो गतिविधिको योजना बनाउनमा उनीहरूको सहायता गर्नुहोस्। यी पाँच प्रश्नहरू सोध्न नबिर्सिनुहोस्:

  • तिमी कहाँ गइरहेको छौ?
  • तिमीले के गर्नेछौ?
  • तिम्रो साथमा को हुनेछ?
  • तिमी वापस घर कहिले आउनेछौ?
  • के त्यहाँ रक्सी, गाँजा, वा अन्य लागू पदार्थहरूको कार्यक्रम हुनेछ?

उमेर नपुगि रक्सी, गाँजा, अनि अन्य लागू पदार्थहरूको सेवनका जोखिमहरू के छन्?

उमेर नपुगि अर्थात् नाबालिग अवस्थामा रक्सी, गाँजा, अनि अन्य लागू पदार्थहरूको सेवनले किशोर-किशोरीहरूलाई लत लाग्नु अनि अन्य स्वास्थ्य समस्याहरू, स्कूलमा फेल हुनु, अनि गिरफ्तारी साथै शिक्षाको अभावले गर्दा केरियर चौपट हुनु जस्ता जोखिमहरूको सम्मुख पुर्‍याउँछ। गाँजा, रक्सी अनि अन्य लागू पदार्थहरूको सेवनले:

  • किशोर-किशोरीहरूको दिमागको विकास प्रक्रियालाई क्षति पुर्‍याउन सक्छ। रक्सी, गाँजा, अनि अन्य लागू पदार्थहरूले दिमागका ती क्षेत्रहरूलाई नोक्सान पुर्‍याउन सक्छ, जसले मोटर कोअर्डिनेशन (शरीरका अनेकौँ हिस्साहरूको गतिशीलता)-को नियन्त्रण गर्छ,  मनोवेगलाई नियन्त्रित गर्छ, स्मरण शक्ति, सिक्ने प्रक्रिया अनि निर्णय गर्ने प्रक्रियाहरूलाई सञ्चालित गर्छ। किशोर-किशोरीको दिमागको विकास प्रक्रिया चलिरहेको हुनाले, यो यी प्रभावहरूको चाँडै शिकार हुन सक्छ।
  • यसको लत लाग्न सक्छ। 15 वर्षको उमेरभन्दा कम्ती उमेरका रक्सी खाने शिशुहरूमा वयस्कहरूको तुलनामा चार गुणा बढी रक्सीजन्य समस्याहरू हुने सम्भावना हुन्छ अनि 18 वर्ष नपुगि गाँजाको सेवन गर्नेहरूमा अबेर गरी यसलाई सुरू गर्नेहरूको तुलनामा चारदेखि सात गुणा बढी गाँजाको सेवनसित सम्बद्ध विकार उत्पन्न हुने सम्भावना हुन्छ।
  • जोखिम उत्पन्न गर्छ किनभने यसको सम्बन्ध किशोर-किशोरीका मृत्युहरूका तीन शीर्ष कारणहरूसित छ: दुर्घटनाहरू (सडक दुर्घटनाहरूमा मृत्यु अनि डुब्नु लगायत), हत्या, अनि आत्महत्या।

नाबालिग अवस्थामा लागू पदार्थको सेवनसित सम्बद्ध जोखिमहरूबारे तथ्यहरू प्राप्त गर्नुहोस्।

एकसाथ मिलेकर स्वस्थ आदतहरू विकसित गर्नुहोस्।

तपाईंका किशोर-किशोरीलाई स्वस्थ आदतहरूको विकास गर्नमा मद्दत पुर्‍याउनुहोस्, लक्ष्यहरू निर्धारित गर्नुहोस्, अनि स्वस्थ तरिकाहरूद्वारा समस्याको समाधान गर्ने अभ्यास गर्नुहोस्।

  • लक्ष्यहरू निर्धारित गर्नुहोस्: लक्ष्यहरूको निर्धारणले मानिसहरूलाई निहित उद्देश्यबारे बताउँछ अनि एक सकारात्मक भविष्यप्रति उनीहरूको विश्वास जगाउनमा मद्दत गर्छ। वर्तमान चुनौतीपूर्ण हुन सक्छ, तर भविष्यका अवसरहरूलाई लिएर आशावादिता छ भने, यसको सामना सजिलैसित गर्न सकिन्छ। तपाईंका किशोर-किशोरीहरू भविष्यमा के गर्न चाहन्छन्, त्यसबारे उनीहरूसित कुरा गर्नुहोस् अनि योजनाहरू बनाउनमा उनीहरूको मद्दत गर्नुहोस्।
  • स्वस्थ आदतहरूको निर्माण गर्नुहोस्: राम्ररी खानु अनि पर्याप्त सुत्नु र व्यायामले शरीर र मन, दुवैलाई स्वस्थ बनाउँछ। यस्तो ढाँचा (जस्तै भोजनको निश्चित समय) उपलब्ध गराउनुहोस्, जसले असल आदतहरूलाई बढुवा दिन्छ, अनि आफ्ना किशोर-किशोरीसित कुराकानी गरेर यो बताउनुहोस् कि स्वस्थ आदतहरू किन महत्त्वपूर्ण छन्। एकसाथ मिलेर असल आदतहरूको सशक्त विकास एवम् अभ्यासको रणनीति तयार पार्नुहोस्।
  • समस्याको सामना गर्ने दक्षताहरूको विकास गर्नुहोस्: किशोर-किशोरीहरूले तनाउग्रस्त वा चिन्तित भएको अनुभव गरेको बेलामा कुन गतिविधिहरूले उनीहरूलाई असल अनुभूति गराउनमा मद्दत पुर्‍याउँछन्, त्यसको पहिचान गर्नु महत्त्वपूर्ण छ। आफ्ना किशोर-किशोरीहरूको सम्बन्धमा ती गतिविधिहरूलाई उनीहरूको जीवनमा समावेश गर्ने तरिकाहरू, खोज्नुहोस् — चाहे त्यो रातीको भोजनपछि घरपछाडिको आँगनमा बल खेल्नुहोस्, छरछिमेक वरिपरि डुल्न जानुहोस्, दिनहुँ तस्बिर आदि बनाउनु केही समय निकाल्नुहोस्, वा मामिला नियन्त्रणदेखि बाहिर छ भने 10-सम्मको गन्ती गर्नुहोस् अनि गहिरो सास लिनुहोस्।

समर्थन प्राप्त गर्नुहोस्।

आफ्ना किशोर-किशोरीहरू अनि आफ्नो लागि मद्दत माग्नु मनासिब नै हो! तलका सबै संसाधनहरूले TRS 711 तथा भाषा सेवाहरू उपलब्ध गराउँछन्।

  • Teen Link एक निःशुल्क, गोपनीय हेल्पलाइन हो अनि किशोर-किशोरीहरूले यहाँ फोन, टेक्स्ट वा च्याटको माध्यमले राती 6-देखि 10 बजीसम्म पैसिफिक समय (PT)-सम्म प्रशिक्षित किशोर-किशोरीहरूसित सम्पर्क गर्न सक्छन्। तपाईंको शिशुले उनीहरूसित उसको मनमा जे छ त्यसबारे कुरा गर्न सक्छ। आफ्नो शिशुलाई 1-866-TEENLINK (833-6546)-मा फोन, टेक्स्ट वा च्याटको माध्यमले सम्पर्क गर्नको लागि प्रोत्साहित गर्नुहोस्। वयस्कहरूले पनि लागू पदार्थको सेवनको रोकथाममा विशेषज्ञता हासिल गरेका क्लिनिशियनसित कुरा गर्नको लागि Teen Link-मा फोन गर्न सक्छन्। अधिक जानकारीको लागि https://www.teenlink.org/ हेर्नुहोस्।
  • Washington Recovery Help Line एक अज्ञात, गोपनीय 24 घण्टा सेवा दिने हेल्पलाइन हो, जसले लागू पदार्थहरूको सेवनसित सम्बद्ध विकारहरू वा मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरूसित सङ्घर्ष गरिरहेका व्यक्तिहरूलाई सहायता उपलब्ध गराउँछ। अधिक जानकारीको लागि 1-866-789-1511-मा फोन गर्नुहोस् वा WARecoveryHelpLine.org हेर्नुहोस्।
  • Washington Listens -ले ती व्यक्तिहरूलाई समर्थन उपलब्ध गराउँछ जसले दुःख, चिन्ता, वा तनाउको अनुभव गरिरहेका छन्। सोमबार-शुक्रबार बिहान 9 बजीदेखी राती 9 बजी पैसिफिक समय (PT)-सम्म अनि सप्ताहान्तहरूमा बिहान 9 बजीदेखि साँझ 6 बजी पैसिफिक समय (PT)-सम्म यो खुला रहन्छ। अधिक जानकारीको लागि Washington Listens पोर्टल हेर्नुहोस्।